काठमाण्डौं-पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएपछि नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई काठमाडौं आउने भएका छन्। प्रकाश दाहालको असमायिक निधनको खबरले स्तब्ध भएको भन्दै उनले आफ्नो चुनावी प्रचार छाडी काठमाडौं फर्कन लागेका जनाएका छन् । चुनावी प्रचारका लागि गोरखामा रहेका भट्टराई अन्तिम श्रदाञ्जली दिन काठमाडौं आउने भएका हुन् ।


ADVERTISEMENT


पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालका सुपुत्र प्रकाश दाहालको अल्पायुमै आकस्मिक निधनले स्तव्ध र मर्माहत भएको छु ।मृतकप्रति हार्दिक श्रद्धांजली र शोकसन्तप्त परिवारजनमा गहीरो समवेदना प्रकट गर्दछु


ADVERTISEMENT

# # #


दाहालको आइतबार बिहान हृदयघातपछि नर्भिक अस्पताल ल्याउँदा ल्याउँदै निधन भएको अस्पतालको स्रोतले जनाएको छ । यद्यपी, अस्पतालले औपचारिक जानकारीका लागि केहीबेरमा पत्रकार सम्मेलन गर्दैछ । छोराको निधन भएपछि चुनावी अभियानमा झापा पुगेका दाहाल हेलिकोप्टरबाट काठमाडौं फर्कंदै छन् । एमालेका अध्यक्ष केपी ओलीसहित प्रचण्डकी छोरी, ज्वाइँ र नातीनिसहित ५ जना काठमाडौं प्रस्थान गरिसकेका छन् । प्रकाश पूर्वप्रधानमन्त्री समेत रहेका दाहालका एकमात्र छोरा हुन् । उनी दाहाल प्रधानमन्त्री हुँदा स्वकीय सचिवका रुपमा नियुक्त भएका थिए ।

२०३८ सालमा जन्मिएका प्रकाश दाहालका दुई श्रीमती र दुई छोरा छन् । उनका पोखरामा रहेकी श्रीमती सिर्जना छोरासहित नर्भिक अस्पतालमा पुगिसकेकी छन् । भने कञ्चनपुरमा रहेकी श्रीमती बिना मगर आउने तयारीमा छन् । अहिले श्री एयरलाइन्सको पहिलो उडानसहित छोरा लिएर काठमाडौं आउँदैछिन् ।

यस्तै चितवनमा रहेकी दिदी रेणु दाहाल काठमाडौं आउँदैछिन् । अस्पताल परिसरमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भीड लागेको छ ।