काठमाडौँ – छिमेक लघुवित्त वित्तीय संस्था लि.को २०औंं वार्षिक साधारण सभा सम्पन्न भएको छ । हेटांैडाको होटल सामनामा शुक्रवार वित्तीय संस्थाका अध्यक्ष ऋषि राज जोशीको अध्यक्षतामा वार्षिक साधारण सभा सम्पन्न भएको हो ।


ADVERTISEMENT


सभामा वित्तीय संस्थाका अध्यक्षले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेक थिए । छिमेकले शेयरधनीहरुलाई आ.व.२०७७/७८ को मुनाफावाट ३ प्रतिशत नगद लाभांश र २७ प्रतिशत बोनस शेयर गरी कुल ३० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय साधारण सभाले गरेको छ ।


ADVERTISEMENT

# # #


वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले यस संस्थाको वर्तमान अवस्था तथा भावी योजनाको बारेमा मन्तव्य राखेका थिए । वित्तीय संस्थाको सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना संचालकको निर्वाचनमा आगामी चार वर्षे कार्यकालको लागी ऋषि राज जोशी पुनः निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौंको मध्यवानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको छिमेकले हाल सम्ममा ६८ जिल्लामा १९२ वटा शाखा मार्फत कुल ४ लाख ६ हजार ६ सय २८ जना महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत सेवा दिइरहेको छ ।

२०५८ सालमा स्थापना भएको यस संस्थाले आर्थिक वर्ष २०७७/७८ मा १ अर्व ३१ करोड ३८ लाख ५५ हजार ७ सय ७५ रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।