काठमाडौँ– बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडका ग्राहकले सेरेन हस्पिटालिटी सर्भिसेज प्रा. लि. बाट सेवा लिदा अब १५% छुट पाउने भएका छन् । शुक्रवार बैंक र सेरेनबीच भएको सम्झौता अनुसार, बीओकेका ग्राहकले सेरेनबाट सेवा प्राप्त गर्दा त्यहाँ उपलब्ध सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १५% छुट पाउने भएका हुन् ।


ADVERTISEMENT


यसका लागि गहकले बीओकेको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।


ADVERTISEMENT

# # #


सेरेन हस्पिटालिटी सर्भिसेज प्रा. लि. ले काठमाण्डौंबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ भने, बीओकेले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।