भारत – भारतको पञ्जावको एउटा फ्लाइओभरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २० मिनेट फसेका छन् । यसलाई गम्भिर सुरक्षा त्रुटीको रुपमा हेरिएको भारतको गृह मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


उत्तरी राज्यको एउटा स्मारकतर्फ जानेक्रममा उनको मार्गमा प्रदर्शनरत कृषकहरुले अवरोध सिर्जना गरेका थिए । उनीहरु सहायक गृहमन्त्री अजय मिश्राको राजीनामा माग गर्दै सडकमा ओर्लिएका थिए ।


ADVERTISEMENT

# # #


मिश्राका छोरामाथि केही कृषकको हत्या गरेको आरोप लगाइएको छ । बुधवार नै मोदीको फिरोजपुर सहरमा एउटा र्‍यालीलाई सम्वोधन गर्ने कार्यक्रम पनि थियो ।

सुरक्षा अवस्था अव्यवस्थित भएपछि तत्कालै मोदी चढेको गाडी विमानस्थल फर्किएको थियो । गत अक्टोवरमा मिश्राका छोराले गराएको कार दुर्घटनामा आठ व्यक्तिको ज्यान गएको थियो ।