काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला  ५०० रुपैयाँले घटेर  ९२ हजार ३०० रुपैयाँ तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला  ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला  ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।


ADVERTISEMENT

# # #


जसको मूल्य बुधबार प्रतितोला रु ९२ हजार ३०० रुपैयाँ तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  २५ रुपैयाँले घटेर  एक हजार २३५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०३ डलर आसपास कारोबार भइरहेको छ ।