काठमाडौँ – चिकित्सा शिक्षामा सरकारले तोके भन्दा बढि शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् ।


ADVERTISEMENT


काठमाडौं मेडिकल कलेज (केएमइसी) ले तोकेभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरुले बुधबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी विद्यार्थीहरुले मेडिकल माफिया मुर्दावाद, हाम्रो भविष्य सुनिश्चित गर, लुटतन्त्र बन्द गर, विद्यार्थी एकता जिन्दावाद लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।


ADVERTISEMENT

# # #


उनीहरुले होस्टल अनिवार्य र मेस अनिवार्य गरिएको गुनासो गरेका छन् । आफुहरुको मागहरु अबिलम्व पुरा गरि कानूनले तोकेको शुल्कमा पढ्ने वातावरणको व्यवस्था गर्न पनि माग गरेका छन् । विद्यार्थीहरुले कानूनको प्रवाह नगरि लिन खोजिएका अतिरिक्त शुल्कहरु तिर्न बाध्य नहुने चेतावनी दिएका छन् ।