काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले बन्दसत्रमा फरक मत भनेर विवाद हुने विषय नआएको दाबी गरेका छन् ।


ADVERTISEMENT


बिहीबार महाधिवेशनस्थल प्रज्ञा भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले बन्दसत्रमा आफ्नो प्रतिवेदनलाई सहयोग नै पुग्नेगरिरी सुझाव आएको र कुनै विवाद नभएको भन्दै भ्रममा नपर्न आग्रह गरे । उनले आफ्नो दस्तावेजलाई परिमार्जन गर्न सहयोग पुग्ने ढंगले नै फरक मत र विचार आएको जिकिर गरे ।


ADVERTISEMENT

# # #


उनले भने, ‘फरक मत भनेर त्यस्तो विवाद हुनेखालको एउटा पनि छैन । तपाईंहरु भ्रममा नपर्नुहोला । सबै कम्रेडले दस्तावेजलाई परिमार्जनलाई सहयोग पुग्ने ढंगले कुरा राख्नु भएको छ ।’

लेखनाथ न्यौपानेको फरक मत पनि आफुले हेरेको र आफुलाई सहयोग पुग्नेगरिनै सुझाव आएको उनको भनाई छ । समूहगत छलफलका सवै समूहले आफ्नो प्रस्तावलाई समर्थन गर्दै केहि परिमार्जन गर्न सुझाव दिएको उनले बताए। उनले शुक्रबार उठेका प्रश्नको जवाफ दिएर केन्द्रीय समितिको निर्वाचन हुने र त्यसपछि पदाधिकारीको निर्वाचन हुने जानकारी दिए।

प्रचण्डले महाधिवेशन व्यवस्थीति र अनुशासित रुपमा अघि बढिरहेको जिकर गरे ।