काठमाडौँ– गत वर्षको चर्चित फिल्म लूट २ सार्वजनिक भएको छ । पाँच वर्ष अघिको सुपरहिट फिल्म ‘लूट’को सिक्वेल ‘लूट २’ हलमा रिलिज भएको ८ महिनापछि युट्बमा सार्वजनिक भएको हो ।


ADVERTISEMENT


केही समयअघि फेसबुकमा पाइरेसी भएपछि आधिकारिक बिक्रेता हाइलाइट्स नेपालले आज सार्वजनिक गरेको हो । तत्कालीन समयमा नेपाली चलचित्र उद्योगको कोशेढुङ्गा बन्न सफल चलचित्र ‘लूट’को कथावस्तुलाई नै अगाडि बढाएर ‘लूट २’ बनाइएको छ ।


ADVERTISEMENT

# # #


फिल्ममा सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, रिचा शर्मा, प्रवीन खतिवडा, सुशीलराज पाण्डे, प्रतीकराज न्यौपाने, एलिसा राई लगायतले अभिनय गरेका छन् ।

निश्चल वस्नेतद्वारा निर्देशित फिल्मलाई माधव वाग्लेले निर्माण गरेका हुन् ।

हेर्नुस् पूरा फिल्म :