प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसी राष्ट्रघाती नभएको बताएका छन् ।


ADVERTISEMENT


नेकपा माओवादी केन्द्रको ८ औं महाधिवशेनको उद्घाटन समारोहमा बोल्दै कांग्रेस सभापति समेत रहेका देउवाले एमसीसी राष्ट्रघाती भन्नेलाई एकपटक पढ्न सुझाव पनि दिए ।


ADVERTISEMENT

# # #


‘म यहाँ अरु कुराका लागि आएको थिएँ, एमसीसी राष्ट्रघाती भनिदिए । राष्ट्रघाती भन्नेले पढेको छ कि छैन थाहा छैन मलाई त?’ प्रधानमन्त्री देउवाले भने, ‘पहिले पढ्नु पर्यो एमसीसी कहाँ छ राष्ट्रघाती ? मैँले हेरेर कहीँ राष्ट्रघाती देखेको छैन ।’

आफुपनि राष्ट्रवादी भएको भन्दै राष्ट्रघाती काम गर्न आफुलाई आवश्यक नरहेको उनले बताए । देउवाले भने, ‘ म पनि नेपालको प्रधानमन्त्री हुँ, नेपाल राष्ट्रको खिलापमा जाउँला मैँले ? प्रजातन्त्र, राष्ट्रका लागि लडको मान्छे म किन राष्ट्रघाती सन्धि गरुँला ?’ आफूले प्रचण्ड लगायतका नेताहरुसँग छलफल गरिरहेको बताउँदै उनले एमसीसीबारे अध्ययन गर्न सुझाए ।

एमसीसी नेपालको हितमा रहेको ठोकुवा गर्दै प्रधानमन्त्री देउवाले थपे, ‘सित्तैमा आएको पैसा हो यो । सित्तैमा आएको पैसा चाहिँदैन भन्छन् ।’ उनले विश्व बैँक र एशियाली विकास बैँकबाट पनि नेपालले ऋण लिने गरेको र त्यहाँ पनि अन्तर्राष्ट्रिय कानुन लागू हुने गरेको स्मरण गराए ।

उनले भने, ‘एमसीसी सित्तैमा आएको छ, नेपालको कानुन मान्छु भनेको छ, तैपनि मान्दैनौँ भन्छन् । राम्रोसँग बुझ्नुपर्यो क्या !’ उनले सहमती गरेर संसदबाट पास गराउने बताए ।