हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज चौथो पटक मन्त्रालय विस्तार गरेका छन् । मुख्यमन्त्री पाण्डेले आज तीन मन्त्री र तीन राज्यमन्त्री थप गरेका हुन् । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आजै प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोह सपथग्रहण गरे ।


ADVERTISEMENT


पाण्डेले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा बलराम पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मिलनबाबु श्रेष्ठ र संस्कृति तथा पर्यटन मन्त्रीमा दीपेन्द्र श्रेष्ठलाई नियुक्त गरेका हुन् । उनले भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्रीमा कल्पना नेपाली, उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा रजनी अमात्य जोन्छेलाई नियुक्त गरेका छन् ।


ADVERTISEMENT

# # #


उनीहरू सबैजना नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य हुन् । यो विस्तारसँगै बागमती प्रदेशमा मुख्यमन्त्री र मन्त्रीको सङ्ख्या १८ पुगेको छ ।