काठमाडौँ – युएईमा जारी एशियन क्रिकेट काउन्सिल (एसीसी) यू–१९ क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमै नेपाल पराजित भएको छ । शुक्रबार नेपाल बंगलादेशसँग १५४ रनले पराजित भएको हो ।


ADVERTISEMENT


युएईको सारजहाँस्थित सारजहाँ क्रिकेट स्टेडियममाटस जितेर ब्याटिङ थालेको बंगलादेशले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २९७को विशाल योगफल तयार पार्यो । २९८ रनको चुनौति पच्छ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको नेपाल ४२.३ ओभरमा सबै विकेट गुमाउँदै १४३ रनमै समेटियो ।


ADVERTISEMENT

# # #


नेपालका लागि गुल्सन झाले २८ बलमा ४ चौका र एक छक्काको मदतमा सर्वाधिक ३५ रनको योगदान दिए । रनआउट हुनुअघि उनले विवेक यादवसँग मिलेर विकेटका लागि ५९ बलमा ६० रनको साझेदारी गर्दै नेपाललाई लज्जास्पद हारबाट जोगाए ।

त्यस्तै विवेकले ३४ बलमा २ चौका र १ छक्कासहित २६ रन बनाए । विवेक रानामगरले ३३ रन जोड्दा अर्जुन साउदले १५ तथा कप्तान देव खनालले १२ रनको योगदान दिए । अन्य नेपारी ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

नेपालको इनिङ ध्वस्त पार्ने क्रममा बंगलादेशका तान्जिम हसन, रकिबुल हसन, मेहेरुब हसन र नइमुर रहमान नोयोनले समान २–२ विकेट लिए ।

यसअघि बंगलादेशलाई विशाल योगफलसम्म पुर्याउन लागि मोहम्मत प्रान्तिक नोरोजले शतक हाने । उनले ११२ बलमा ११ चौका र १ छक्काको मदतमा नटआउट १२७ रनको शानदार पारी खेले ।

यस्तै रिटायर्ड हर्ट हुनुअघि मोहम्मद फाहिमले ५४ बलमा ३ चौका र ३ छक्कासहित ५८ रनको यागदान दिए । एइज मोलाहले २२, इफ्ताखर हुसेन इफ्तीले २१ रन बनाउँदा मोहम्मद मोहफिजुल इस्लाम १७ रनमा आउट भए । यस्तै मेहेरोब हसनले १२ बलमा ३ चौकासहित २१ रनको योगदान दिए ।

नेपालका लागि गुल्सन झा, तिलक राज भण्डारी र मोहमद आदिल अलामले समान १–१ विकेट लिए । नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म नेपालले पहिलो विकेट समेत गुमाएर ४ ओभरमा १० बनाएको छ । नेपाका ओपनर अर्जुन कुमाल १ चौकासहित ५ रनमा आउट भएका छन् ।

८ टोली सम्मिलित प्रतियोगितामा ४–४ टोली गरी दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’मा रहेको छ । जहाँ नेपाल, बंगलादेशसँगै श्रीलंका र कुवेत रहेका छन् । यस्तै समूह ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र युएई रहेका छन् ।

प्रत्येक समूहका विजेता र उपविजेता उपाधीका लागि सेमिफाइनलको यात्रा तय गर्नेछन् ।