काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले पुस ११ देखि १३ गतेसम्म हुने प्रथम राष्ट्रिय सम्मेलनको तयारी तीव्र पारेको जनाएको छ ।


ADVERTISEMENT


राष्ट्रिय सम्मेलनका बिषयमा जानकारी दिन बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सममेलन गर्दै माओवादीले राष्ट्रिय सम्मेलनमा १ हजार ५ सय ३३ प्रतिनिधि हुने जानकारी समेत गराएको छ । पत्रकार सम्मेलनमा माओवादी प्रवक्ता कृष्ण बहादुर महराले सम्मेलनका लागि भक्तपुर, ललितपुर र काठमाडौंका प्रवेशद्वारमा स्वागतद्वार राखिने र मुख्य ठाउँहरुमा सम्मेनलबारे पोष्टर राखिने जानकारी दिए ।


ADVERTISEMENT

# # #


माओवादीको महाधिवेशन नभएर सम्मेलनमात्र भएका कारण कुनै देशभित्र र बाहिरबाट कुनै अतिथीलाई आमन्त्रण नगरिने उनले बताए ।

उनले सम्मेलनका लागि राजनीतिक वैचारिक तयारीका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदन लेखिरहेको जानकारी दिए । नयाँ क्रान्तिकारी विचार निर्माण र नयाँ क्रान्तिकारी पार्टी निर्माण गर्नका लागि सम्मेलन केन्द्रीत हुने महराले बताए

त्यस्तै प्रवक्ता महराले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताए । परिमार्जन नगरी राष्ट्रिय सहमतिविना एमसीसी अघि बढ्न नसक्ने उनको भनाई छ ।