काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको प्रतिस्पर्धामा उम्मेदवारहरुले पाएको मत सार्वजनिक भएको छ ।   २ सयभन्दा कम मत ल्याएर  निर्वाचनमा पराजित भएका पाँच उम्मेदवारहरु पनि छन् ।


ADVERTISEMENT


जसले निर्वाचनमा नराम्ररी पराजित भए पनि अर्को पटकको लागि तयार हुने अवसर पाएका छन् । ती चारमा नाम पुरुशोत्तम लामिछाने १६०, गणेशप्रसाद बिमली १७१, कृष्णप्रसाद कुइँकेल १७८, मनोज खड्का १९५ र धुर्बप्रसाद पौडेल  १९७  हुन् जसलाई कांग्रेस महाधिवेशनले अगाडिको बाटो निर्देश गरेको छ ।


ADVERTISEMENT

# # #


कांग्रेस यसै पनि ठूलो पार्टी रहेकोले यस्तो हुने राजनीतिज्ञहरुको मत छ ।  जहाँ प्रतिनिधिहरुको मन जितेर मत पाउनुपर्छ । लोकतान्त्रिक विधिले चुनाव हुने हुँदा जो कोहीलाई महाधिवेशनमा उठ्छु भन्ने साहस नै पनि आउँदैन ।

एकदमै कम मत पाएर पराजित हुँदा नमीठो लाग्ने भए पनि अर्कोपटकको महाधिवेशनमा तयार हुने महत्वपूर्ण कडीका रुपमा कांग्रेस महाधिवेशनलाई लिइन्छ । १३ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका गगन थापाले अत्यधिक मतसहित १४औं महाधिवेशनमा विजय हासिल गरेको उदाहरण भर्खरै मात्र देखिएको छ । १३ औं महाधिवेशनमा महामन्त्रीमा उठ्छु भन्ने साहस नै नगरेको भए आज महामन्त्रीमा गगनले विजय हासिल गर्ने थिएनन् ।

खुला केन्द्रीय सदस्यको प्रतिस्पर्धामा  ६४ जना उम्मेदवारहरु भएका पराजित छन् । दुई सय मत पनि नपाउनु दुखको विषय भए पनि प्रतिनिधिहरुबीच चिनिने महत्वपूर्ण अवसरका रुपमा लिनु  उपयुक्त हुने कांग्रेस राजनीतिलाई नजिकबाट हेरिररहेका विज्ञहरु बताउँछन् ।