काठमाडौं – विकास र समृद्धिको एजेन्डा अवको आवश्यकता हो भन्नेमा देश एकीकृत छ ।


ADVERTISEMENT


बहुसँख्यक जनता गरिबीको रेखामूनी रहेको नेपालमा लगानी, उद्यमशिलता र जीवनस्तरमा वृद्धि अझ टड्कारो विषय बनेको छ । दूरदराजसम्म वित्तीय पहुँच पूर्याएर सबै नेपालीकासामु आर्थिक उपार्जनको वातावरण बनाउनुपर्ने आवश्यकताका लागि गाउँ गाउँमा सहकारी, घर घरमा भकारीको नारा प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्ने हो । तर, परिणाम अपेक्षाकृत अझै हुन नसकिरहेको अर्थविद्हरु बताउँछन । कारण के त ? सहकारी क्षेत्रमा नै समस्या र अपारदर्शिताका फेहरिस्तहरु पाईएका छन् ।


ADVERTISEMENT

# # #


सहकारीहरुलाई नै ऋण प्रवाह गर्ने र वित्तीय कारोबार गर्ने ‘होलसेलर’ सँस्थामाथि नै गम्भिर आरोपहरु लागेका छन् । ललितपुर कुपण्डोलस्थित राष्ट्रिय सहकारी बैंक लिमिटेडले कार्यक्षेत्र भन्दा माथि गएर गैरकानूनी रुपमा वित्तीय कारोबार गर्ने गरेको आरोप लागेको हो ।

सहकारी सँस्थाहरुका अनुसार सहकारी बैंकमा रहेको आफ्नो पैसा समेत नपाउने स्थिति बनेको छ । तरलता अभावको व्यवस्थापन हुन नसक्दा बैंकले आफ्ना ग्राहक सहकारीहरुसँगको कारोबारमा आलोचना झेल्नुपरेको हो । बिना धितो ३० करोड भन्दा बढी रकम लगानी हुने गरेको भन्दै बैंकले गरेका कारोबारहरुमा प्रश्न उठेका छन् ।

“एकातिर आफ्नै पैसा पनि चाहेको बेला हामीले पाउन मुस्किल परिरहेको छ” एक सहकारी श्रोतले भन्यो “अर्कातिर सेटिङका भरमा बिना धितो नै ३० करोड भन्दा बढी रकम समेत लगानी हुने रहेछ ।” कारोबारमा अपारदर्शिता पाउँदा आँफूहरु मार्कामा परेको राष्ट्रिय सहकारी बैंकका ग्राहकहरुको गुनासो छ ।

सहकारी ऐन २०७४ ले समेत अनाधिकृत रुपमा सुरक्षण बिना ठूलो रकम जमानतमा ऋण प्रदान गर्न नपाईने उल्लेख गरेको छ ।

सहकारी बैंकको क्षेत्राधिकार सहकारी सँस्थाहरुसँग वित्तीय कारोबार गर्नु हो । तर घुमाउरो पारामा सहकारीहरु मार्फत चाहेको व्यक्तिहरुका लागि ऋण उपलब्ध गराउने काम समेत भईरहेको खुल्न आएको छ । श्रोतका अनुसार बैंकले सहकारीहरुलाई मात्रै होईन ईच्छाएका ब्यक्तिहरुको हात सम्म पनि सहकारी सँस्थाहरु मार्फत पैसा पूर्याउने काम गरिरहेको आरोप लागेको हो ।

“कतिपय सहकारीहरुले नै ऋण नपाईरहेको अवस्था छ, तर राष्ट्रिय सहकारी बैंकले भने असम्भवलाई पनि सम्भव बनाउने रहेछ, घुमाउरो पारामा बैंकको पैसा त व्यक्तिहरुले पनि पाउने वातावरण बन्ने रहेछ” पीडित सहकारी श्रोत भन्छ “व्यक्तिको नाम नै तोकेर फलानालाई ऋण दिने शर्त गराएर मात्रै सहकारीहरुले कतिपय पैसा पाउने गरेका उदाहरणहरु छन् ।” उनीहरुका अनुसार बैंकले सहकारी मार्फत दिईएको ऋण तोकिएको ब्यक्तिलाई नै दिन बाध्य पार्ने गरेको छ ।

राष्ट्रिय सहकारी बैंकको कर्जा नीतिमा घाटामा गएका सहकारी सँस्थाहरुलाई ऋण प्रबाह नहुने र त्यस्ता सँस्थाहरुसँग वित्तीय कारोबार नगर्ने उल्लेख छ । तर सहकारी बैंकले भने आफ्नै नीति विपरित त्यस्ता घाटाका सहकारीहरुलाई समेत ऋण दिने ‘उपाय’ समेत निकाल्ने गरेको आरोप लागेको छ ।

“घाटामा भए पनि सहकारीहरुले बैंकबाट ऋण पाईरहेका छन् ।” श्रोतको खुलासा छ “सेटिङका भरमा नाफाको अडिट र स्टेटमेन्ट बनाएर ल्याउन सहकारी बैंकले नै सिकाउने गरेको छ र सोही अनुसार लगानी समेत हुने गरेको छ ।”

सहकारी बैंकमाथि लागेका आरोपहरुका बारेमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्री गुरागाईं अनविज्ञता प्रकट गर्छन । बिना धितो करोडौं लगानी हुने गरेको बिषयमा उनले नियमसम्बत नै आफूँहरुले त्यस्तो कारोबारहरु गर्ने गरेको बताए । यस्तै, सहकारीहरु बाहेक आँफूहरुले कुनै पनि ब्यक्तिका नाममा पैसा लगानी गर्न नमिल्ने र अहिले सम्म नगरेको सीईओ गुरागाईंले प्रतिक्रिया दिए ।

“हामीले सहकारी बाहेकलाई ऋण दिन मिल्दैन र कुनै ब्यक्तिलाई दिएका पनि छैनौं” सीईओ गुरागाईंले हिमालय पोष्टसँग भने “किन सहकारीहरुले नै त्यस्तो आरोप लगाईरहनु भएको छ, हामीले बुझ्न सकिरहेका छैनौं ।”

यस्तै, घाटामा गएका कुनै एउटा पनि सहकारीलाई ऋण नदिईएको गुरागाईको स्पष्टोक्ति । नक्कली रिपोर्ट बनाउन लगाएर गरिएको कारोबार पुष्टि भए कारबाही भोग्न तयार रहेको समेत सीईओ गुरागाईले बताएका छन् ।

सहकारी बैंकमा गैरकानूनी रुपमा कारोबारको आरोपहरुको उनले खण्डन गरेका छन् । केही समय अघि नेपाल राष्ट्र बैंक र सहकारी विभागले समेत बैंकमा आएर छानबिन र अनुसन्धान गरिसकेको समेत सीईओ गुरागाईले जानकारी दिएका छन् ।

राष्ट्रिय सहकारी बैंकका विषयमा नेपाल राष्ट्र बैंक र सहकारी विभागले केही महिना अघि अनुगमन समेत गरिसकेका छन् । राष्ट्र बैंक श्रोतका अनुसार बैंकका सम्बन्धमा अनुसन्धान जारी नै रहेको छ । अनुसन्धानबाट के कस्ता कुराहरु भेटिए भन्नेबारेको तथ्य गोप्य नै रहेको छ । केही समय पछि बाहिर आउने समेत राष्ट्र बैंक श्रोतले हिमालय पोष्टलाई जानकारी दिएको छ ।

सहकारी विभागले समेत सहकारी बैंकका विषयमा गुनासा र समस्याहरु पाईरहेको बताएको छ । विभागका रजिष्टार झलकराम अधिकारीले कुनैपनि समस्याहरु देखिए सोझै अनुसन्धान अघि बढाएर कारबाहीको दायरामा ल्याउने बताएका छन् । “हामी उजुरीको पर्खाईमा छौं” रजिष्टार अधिकारीले हिमालय पोष्टसँग भने “राष्ट्रिय सहकारी बैंकका बारेमा धेरै नै समस्याका कुराहरु सुनिएको छ, तर बिभागमा लिखित उजुरी परेपछि हामी चाँडै नै यस्को गहिराईसम्म अनुसन्धान अघि बढाएर सत्यतथ्य बाहिर ल्याउछौं ।”