काठमाडौं –  नेपाली कांग्रेसको खुलातर्फ ३५ केन्द्रीय सदस्यको लागि भएको मतगणना कांग्रेस पार्टी कार्यालयमा जारी छ । निर्वाचन समितिले  मतगणनाको विवरण बाहिर नल्याई  सकेसम्म राति अबेरसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।


ADVERTISEMENT


३५ केन्द्रीय सदस्यका लागि ९९ जना उम्मेदवार छन् । खुलातर्फ कांग्रेसका प्रभावशाली र बरिष्ठ नेताहरुबीच प्रतिस्पर्धा रहेको छ । निवर्तमान महामन्त्री डा शशांक कोइराला दुवैतर्फको प्यानलमा परेकाले पहिलो नम्बरमा छन् । यसैगरी दोस्रो नम्बरमा नेता बालकृष्ण खाँण समेटिएका छन् ।


ADVERTISEMENT

# # #


१२ ठाउँमा भइरहेको गणनाको पछिल्लो मत संख्या सार्वजनिक गरिएको छैन । मतगणनास्थलमा रहेका एक कांग्रेस नेताका अनुसार ८ सय मत गनिएको छ ।  तेस्रो स्थानमा ज्ञानेन्द्रवहादुर कार्की रहँदा चौथोमा रामहरी खतिवडा र पाँचौ स्थानमा अर्जुन नरसिंह केसी छन् । त्यस्तै छैटौंमा रमेश लेखक, सातौंमा एनपी साउद, आठौंमा रामशरण महत र नवौंमा दिलेन्द्र बडू छन्  ।  बलवहादुर केसी दशौं नम्बरमा छन् ।

तर विभिन्न बुथमा गनेको मत तलमाथि भइरहेको छ । शुरुमा एक सय मत गन्दा दोस्रो नम्बरमा रहेका उदय शमसेर जबरा पछिल्लो चरणमा टप टेनभन्दा बाहिर परेका छन् ।