काठमाडौं – नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत महामन्त्रीका लागि अहिले मतगणना भइरहेको छ । प्रारम्भिक मतपरिणाममा गगन थापाले अग्रता लिएका छन् ।


ADVERTISEMENT


४०० मत गन्दा थापाले २६० मत पाएका छन्  । गगन कांग्रेसको महाधिवेशनमा  शेखर कोइराला प्यानलबाट चुनावी मैदानमा होमिएका हुन् ।  अर्का उम्मेदवार विश्वप्रकाश शर्मा दोस्रो स्थानमा छन् । शर्माले १४८ मत पाएका छन् ।


ADVERTISEMENT

# # #


त्यसैगरी देउवापक्षका  प्रकाशशरण महतले १२६, प्रदीप पौडेलले १४६ मत पाएका छन् । शेखर कोइराला प्यानलका  मीनेन्द्र रिजालले ७४ मत पाएका छन्। राजाराम कार्कीले  ७मत पाएका छन्