गुल्मी- नेकपा (एमाले)का केन्द्रीय सचिव एवं गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार गोकर्ण विष्टले मुलुकलाई गरिबीको रेखाबाट माथि उठाउन एउटा नयाँ अभियान जरुरी रहेको बताएका छन् । बुधबार धुर्कोट गाउँपालिकामा चुनावीसभालाई सम्बोधन गर्दै देशमा विकासको अभियानलाई अगाडि बढाउन वाम गठबन्धन भएको समेत उनले बताए ।


ADVERTISEMENT


अहिले निर्वाचनका लागि गठबन्धन भएको र त्यसपछि पार्टी एकता हुने भन्दै उहाँले चुनावपछिको सरकारले मुलुकको विकास निर्माणलाई अभियानका रुपमा अघि बढाउने बताए । उनले विगतका चुनावमा काँग्रेसले पटकपटक बहुमत ल्याए पनि मुलुकको विकास अगाडि बढ्न नसकेको भन्दै अब निर्वाचनपछि बन्ने वामपन्थीको स्थायी सरकारले मुलुकलाई विकासको अभियानमा लैजाने दाबी गरे ।


ADVERTISEMENT

# # #


“अब पनि देशलाई अविकसित रहिरहन दिन सकिँदैन,” उनले बताए “यसैले यसपटकको चुनावमा एमाले र माओवादी केन्द्र एक भएकाले दुई तिहाइभन्दा बढी बहुमत ल्याउँछ ।” उनले चुनावपछिको सरकारले मुलुकलाई मुलुक नयाँ दिशामा अगाडि बढाउँदै पाँच वर्ष स्थायी सरकार चलाउने स्पष्ट पारे ।

नेता विष्टले जिल्लाको विकास निर्माणमा आफू सधैँ गुल्मेली जनताको साथमा रहेकाले पनि जनताले धेरै माया गरे निर्वाचनमा अत्यधिक मतदानले विजयी बनाउने आशा गरेको बताए ।

उक्त कार्यक्रममा प्रदेशसभा सदस्य माओवादी पोलिटब्यूरो सदस्य दिनेश पन्थीले आर्थिक समृद्धिसहितको मुलुक निर्माणका लागि वाम एकता भएर चुनावी मैदानमा आएको बताए । उनले मुलुकमा रहेको गरिबी, अशिक्षा, बेरोजगारी लगायतका समस्या निर्वाचनपछि बन्ने सरकारले न्यूनीकरण गर्ने पनि बताए ।