आगामी मंसिर २१ मा हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी बाँके प्रहरीले सुरक्षा सर्तकता बढाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले दिएको जानकारी अनुसार, बाँकेका विभिन्न स्थानबाट तीन थान अवैध हतियारसहित ५ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरुमाथि अहिले अनुसन्धान भइरहेको छ ।


ADVERTISEMENT


प्रहरी नियन्त्रणमा रहेकामध्ये २ जना भारतीय नागरिक छन् । प्रहरीले गत कात्तिक २५ गते राति डुडुवा गाउँपालिका- ३ मल्लीपुरुवाबाट भारत रिसीयाका नन्कउ नाउ, शेर अली नट र सफिउल्ला नटलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट कटुवा पेस्तोल १ नाल र त्यसमा प्रयोग हुने मिस फायर भएको गोली १ राउण्ड बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुमाथि अनुसन्धान भइरहेको जनाएको छ ।


ADVERTISEMENT

# # #


बाँके प्रहरीले कात्तिक २५ गते नै एयरगनसहित २ जनालाई पक्राउ गरेको छ । बाँके नरैनापुर गाउपालिका–५ का २५ वर्षीय गोपाल रोकाय र वडा नं.६ बस्ने २६ वर्षीय जयबहादुर बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुमाथि हातहतियार तथा खरखजना मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।राप्ती सोनारी स्थायी ठेगाना भएका धनबहादुर बिकलाई प्रहरीले १ थान कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको छ ।