काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जारी गरेको निर्वाचन कार्यक्रमअनुसार आज बिहान ११ बजेसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् । मनोनयन दर्ता गरेकामध्ये इच्छुकले आज मनोनयन दर्ता फिर्ता लिन सक्ने कार्यतालिका छ ।


ADVERTISEMENT


शनिबार बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारहरूले मनोनयन गरेका थिए। सभापतिमा ६ जनाको उम्मेदवारी परेको छ ।उम्मेदवारी मनोनयन दर्ताउपर दाबी, विरोध र जाँचबुझ शनिबार बेलुकी ७ बजेसम्म मात्रै थियो ।


ADVERTISEMENT

# # #


उम्मेदवारको पहिलो नामावली प्रकाशन गर्ने समय गए राति १२ बजेसम्म थियो । आज बिहान ११ बजेभित्र मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय छ। आजै उम्मेदवारको अन्तिम नामावली मध्यान्ह सवा १२ बजे प्रकाशन गर्ने तालिका छ । मतदान भने सोमबार बिहान ८ बजेदेखि भृकुटीमण्डप, नेपाल पुलिस क्लव र राष्ट्रिय सभागृहमा हुनेछ ।