काठमाडौं – भारत सरकारको अनुदान सहयोग अन्तर्गत निर्माण गरिएका सर्लाही जिल्लाका दुई नयाँ विद्यालय भवनको उद्घाटन सम्पन्न भएको छ ।


ADVERTISEMENT


भारत सरकारको आर्थिक सहयोगमा  सर्लाही जिल्लाको पिपरिया, कविलासी–२ स्थित श्री बाल गोविन्द जनता उच्च माध्यमिक विद्यालय र नेत्रगंज,लालबन्दी–१ स्थित श्री जनता माध्यमिक विद्यालयका नयाँ विद्यालय भवनहरुको उद्घाटन सम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


भारतीय राजदूतावासका नियोग उप–प्रमुख  नामग्य खम्पाले दुई विद्यालयका नयाँ विद्यालय भवनहरुको उद्घाटन गरिन् । स्थानीय प्रतिनिधि, जिल्ला समन्वय समितिका अधिकारी, विद्यालय व्यवस्थापन समिति तथा स्थानीयबासीले उक्त उद्घाटन समारोहमा उपस्थिति जनाएका थिए ।

श्री बाल गोविन्द जनता उच्च माध्यमिक विद्यालयको स्थापना सन् १९६० मा र श्री जनता माध्यमिक विद्यालयको स्थापना सन् १९६२ मा भएको हो ।  यी दुवै विद्यालयहरुमा प्राथमिक शिक्षाको मात्र सुविधा थियो । नेत्रगंजस्थित श्री जनता माध्यमिक विद्यालय व्यवस्थापन र प्राविधिक शिक्षा अध्यापनका लागि पनि उपयोग भइरहेको छ ।

साथै यो क्षेत्रमा घनाबस्ती भएकाले यस क्षेत्रका बालबालिकाको शैक्षिक आवश्यकताहरू पूरा गर्न हालका पूर्वाधार अपर्याप्त छ । नयाँ विद्यालय भवनले दुर्गम क्षेत्रमा अध्ययनका लागि राम्रो वातावरण सिर्जना गर्नुका साथै जिल्लाको शैक्षिक विकासमा समेत योगदान पुर्याउनेछ ।

भारत सरकार, नेपाल सरकार र जिल्ला समन्वय समिति सर्लाहीबीच भएको सम्झौता अनुरुप उच्च प्रभाव सामुदायिक परियोजनाको रुपमा यी विद्यालय भवनहरुको निर्माण भएको हो ।

सन् २००३ यता भारतले नेपालमा नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा हालसम्म ४६१ वटा परियोजनाको निर्माण सम्पन्न भइसकेको छ जसमध्ये सर्लाही जिल्लाका २० गरी प्रदेश २ मा ५८ वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले सर्लाही जिल्लाका विभिन्न स्वास्थ्य चौकीलाई ३८ वटा एम्बुलेन्स र एउटा स्कुल बस उपलब्ध गराइसकेको छ ।

भारत र नेपालबीच मित्रता र सहकार्यको विशिष्ट सम्बन्ध रहेको छ । दुई देशबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय विकास साझेदारी पनि रहेको छ । यस शैक्षिक पूर्वाधारको निर्माणले प्राथमिकता क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेका प्रयासमा थप बल प्रदान गर्न भारत सरकारले पुर्याउँदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।