काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्स (यूएई)को औपचारिक भ्रमणका लागि अबुधावी छिन् ।


ADVERTISEMENT


राष्ट्रपति भण्डारी युएईको अबुधावीका युवराज तथा त्यहाँका सशस्त्र बलका नायब सर्वोच्च कमाण्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको निमन्त्रणामा सोमबार अपरान्ह त्यसतर्फ प्रस्थान गरेकी हुन्।
नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४० औँ वार्षिकोत्सवको सन्दर्भमा राष्ट्रपतिबाट यो भ्रमण भएको हो ।


ADVERTISEMENT

# # #


उनले मंगलबार अबुधावीमा संयुक्त अरब इमिरेट्स (युएई) को संघीय राष्ट्रिय परिषद्का सभामुख डा अमाल अल कुबैसीले भेट गरिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी तथा युएई को अबुधावीका युवराज एंव युएईको सशस्त्र बलका नायब सर्वोच्च कमाण्डर शेख महम्मद बिन जाहेद अल नेह्यानबीच मंगलबार ‘क्राउन प्रिन्स कोर्ट’मा औपचारिक भेटवार्ता हुँदै ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग मंगलबार अबुधावीमा युएइ को संघीय राष्ट्रिय परिषदका सभामुख डा अमाल अल कुबैसीले भेटवार्ता गर्दैै ।

अबुधावीस्थित शहीद स्मारकमा पुगी शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दैै ।

अबुधावीस्थित शहीद स्मारकमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दैै ।

अबुधावीस्थित शेख जायद ग्रान्ड मस्क (मस्जिद) को अवलोकन गर्दैै ।अबुधावीस्थित लुभ्र संग्रहालयको अवलोकन गर्दै

तस्बिरहरु : रासस