नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा बाग्मती प्रदेश सभापतिमा निर्वाचित इन्द्रबहादुर बानियाँसँग विविध विषयमा गरिएको कुराकानी : 


ADVERTISEMENT


देश संघीयतामा गएसँगै पहिलो पटक भएको नेपाली काँग्रेस प्रदेश अधिवेशनमा बाग्मती प्रदेशको सभापतिमा निर्वाचित हुनु भएको छ । कस्तो रह्यो अनुभव ?


ADVERTISEMENT

# # #


यो अहिले पार्टीका साथीहरुले ममाथि भरोसा गरेर हिजो जिल्ला सभापति भएको मान्छेलाई नेपाली कांग्रेस संसदियको नेता पनि बनाइदिनु भएको छ । यससंगै थप जिम्मेवारी काँधमा आएको महशुस गरेको छु ।

यसलाई इमान्दारितापूर्वक साथीभाईले सोचे अनुसार र जनताको चाहना अनुरुप नेपाली कांग्रेस गरिब र हामी सबैको पार्टी हो भन्ने कुरा महशुस गराउने तरिकाले अघि बढ्नेछु । यो मेरो लागि एक चुनौतीको विषय त हो नै संगै अबका दिनमा यसलाई अवसरका रुपमा लिएर कांग्रेस एवम् जनताको पक्षमा प्रस्तुत गर्न या दिलाउने तयारीको रुपमा अघि बढ्नेछु ।

बाग्मती प्रदेशको तर्फबाट केन्द्रीय महाधिवेशन सफलताको अभ्यासमा कस्तो भुमिका रहन्छ ?

केन्द्रीय महाधिवशेन भनेको कांग्रेसको एक महोत्सव पनि हो । एउटा भेला हो । जसले सम्पूर्ण कांग्रेस पार्टीको नेतृत्वको चयन गर्छ । र, यसरी चुनिने नेतृत्व लामो संघर्ष गरेको, पार्टीभित्र निर्णय दिनसक्ने क्षमतावान् हुनुपर्छ । जस्तो हिजो संविधान बनाउँदै गर्दा तराईले संविधानमा आफ्नो फरक धारणा राखेर संविधानलाई बाहिष्कार गरेको थियो । त्यसरी बाहिष्कार गरेर हिंड्दा पनि तिनलाई ल्याएर धैर्यतापूर्वक निर्वाचन गराउन सक्ने प्रकृतिको हुनुपर्छ ।

र, त्यसरी लामो समयसम्म कम्युनिष्टभित्र बसेर ओलीको आन्तरिक उद्दण्दता, अहम्ता र घमण्डका कारण जुन प्रचुर बहुमत गयो । त्यसलाई धैर्यताका साथ व्यवस्था गरेर नेपाली कांग्रेसको नेतृत्वमा ६३ सिटको कांग्रेसलाई १ सय ६५ को बहुमत संसदबाट दिलाएर जुन किसिमको पार्टीको शान र काम जोगाउनु भयो । त्यसकारणले एउटा निरन्तरता र धैर्यताका साथ पार्टीप्रति बोलेको कुरा पुरा गर्ने शेरबहादुर देउवा नै अहिलेको वर्तमान स्थितिको लागि अन्तिम अभिभाकत्व निर्वाह गर्नका लागि पार्टी सभापतिको रुपमा उपयुक्त पात्र हुनुहुन्छ । र, मलाई लाग्छ उहाँ नै सकेसम्म सहमतिको सभापति नभए अधिकतम् भोटमा उहाँ सभापति बन्नुहुन्छ ।

यो पटकको महाधिवेशनबाट सभापतिदेखि लिएर केन्द्रीय कमिटिमा कस्तो नेतृत्व चयन हुुनुपर्छ ?

यसमा सकेसम्म अभिभावकजस्तो धैर्यताको क्षमता भएको र पार्टीको अधिकतम् र फरक पार्टीलाई समेत मिलाएर देश चलाउन सक्ने र वैदेशिक कुटनीतिक सम्बन्ध राख्न सक्ने, पाँच पटक प्रधानमन्त्री भएको व्यक्तित्व नै सभापति हुनपर्छ भने अरु भनेको पदाधिकारीमा डा. प्रकाश शरण महत या सम्भव भए विश्वप्रकाशजस्तो व्यक्ति महामन्त्रीमा आउनुपर्छ । त्यसैगरी, भोलि सभापतिमा संगठनलाई चलायमान गर्ने पूर्ण बहादुर खड्का जस्तो लगायतका अन्य धेरै साथीहरु विभिन्न पदमा चयन हुनुहोला ।

जो भए पनि काम र कुरा एकै किसिमको गर्ने व्यक्ति चाहिन्छ । अन्यथा कुरा मात्रै गरेर काम नगर्ने व्यक्तिले संगठनमा उल्टै ब्याक फाइरिङ गर्छ । अनि फेरि मेरा जितले पनि बोल्ने र गर्ने कुराको प्रमाणित गरिसकेको अवस्था छ । हिजोका दिनमा बोल्ने मात्रै पक्ष कतातिर थिए, त्यो प्रमाणित भइसकेको छ । त्यसकारण बोलीले मात्रै अब कांग्रेस चल्दैन । बोली र व्यवहार मिल्नपर्यो । अन्यथा कुरा जति गरिबको र पूँजीको काम जति धनी दलालको हुँदा पार्टीको हाल कम्युनिष्टजस्तो हुन्छ । जुन कुरा कम्युनिष्टको भाषण र काम गराईबाटै पनि स्पष्ट हुन्छ ।

अब मैलै पार्टीको महाधिवशेनको संघारमा फरक पार्टीको बारेमा कुरा गर्नु उचित पनि नहोला । त्यसैले अबको हाम्रो अभियान भनेको कम्युनिष्टमा विशेषगरी ओलीवादको धनवाद, डनवाद र गनवादलाई परास्त गर्दै जनतामा भण्डाफोर अभियान सुरु गररेर अघि बढ्नुछ । किनकी कतै बाटो, स्टिमेट, डिपिआर अनि बजेट त कतै कार्यक्रम छैन । कहिँ एकैचोटि २०० वटा स्वास्थ्य कार्यक्रमको उद्घाटन गरिदिएको छ । तसर्थ यस किसिमले जसरी जनतामा नहुने एउटा हावादारी काम गरेर पैदा भएको निराशालाई पुनः आशा र भरोसा जगाउने गरी हामी अगाडि लाग्नेछौँ ।

अब पार्टीभित्र पनि गफ मात्रै होइन काम र गफ संगसंगै गर्नेलाई अगाडि बढाउनेतर्फ हामी लाग्नेछौँ । गफ गर्नेले त सञ्चारमाध्यममा पनि गफ गरेरै मात्रै आफ्नो समय व्यतीत गर्छन् । यसर्थ म व्यक्तिप्रति नभएर व्यवहारप्रति लक्षित भएको हुँदा यो हिसाबले अहिलेको महाधिवशेन नेपाली कांग्रेसलाई बलियो र थप मजबुत बनाउने नेतृत्वको आवश्यकता छ र त्यो साथीहरुले पहिचान गरेका छन् । र, त्यसै अनुरुपको नेतृत्व आउँछ ।

पहिलो चरणमा नै नतिजा टुग्ङिएला त?

ढुक्क हुुनुहोस्, पहिलो चरणमा नै नतिजा टुग्ङिन्छ । शेर बहादुर देउवा पहिलो चरणमा नै सभापति हुनुहुन्छ । दास्रो चरणको कल्पना पनि नगर्नुस् । अहिलेको परिणामले पनि त्यो देखिएकै छ । बिहानीले दिनको संकेत गर्छ भनेझैँ बाग्मती, कर्णाली, सुदूरपश्चिम र नं १ प्रदेशका नेतृत्वको परिणामले पनि संघको नेतृत्वमा को आउँछ भन्ने कुराको संकेत गर्छ ।

महाधिवेशन पछाडि कांग्रेस कुन हिसाबले राष्ट्रिय राजनीतिमा स्थापित होला त?

महाधिवेशनपछि कांग्रेस थप मजबुत बन्दै अघि बढ्छ । मुल कुरा के हो भने कांग्रेस लामो समय राजनीति परिवर्तनमा लागेको पार्टी हो । राणादेखि राजासम्म र मानविय सिद्धान्तमा राजा छाड्दै सशस्त्रको द्धन्द्धलाई व्यवस्थापन गर्दै यहाँसम्म यात्रा जारी गरेर गणतन्त्रको संस्थागत विकास र निर्वाचन गराउँदै यो व्यवस्थासम्म कांग्रेस आउन तयार रह्यो । जसरी मान्छेको शरीरमा टुपिभन्दा माथि रौँ हुँदैन र त्यसैगरीअब यहाँभन्दा उता जाने ठाउँ छैन । त्यसैले राजनीतिमा जे छ जनताको छोराछोरीको सार्वेच्चमा कुरा पुग्ने व्यवस्था ल्याइसकेपछि अब भनेको कांग्रेसको राजनीतिक यात्रा सकियो । अब पाटीले आर्थिक रुपान्तर गर्दै जनताको जनजीविकालाई अगाडि बढाउने हो ।

अर्थात् ब्याक नभएर यसलाई नै मर्यादित गर्दै जनताको विश्वास जगाउँदै गाउँबस्तीमा कांग्रेसले संघीय लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउन अगाडि बढ्नपर्छ । त्यसको लागि गरिबमुखी, गाउँमुखी, सेवामुखी, जनताको लागि र जेका लागि राजनीति गरेका होँ त्यसतर्फ लक्षित भएर त्यतातर्फ हाम्रो दृष्टि हुनुपर्छ । र, त्यसैतर्फ अघि बढ्ने यस महाधिवेशनको संकल्पसहित जनता र गरिबका सन्तानले निःशुल्क शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै त्यसपश्चात् रोजगारी, विकट भुगोल, कृषिमा आधुनिकिकरण, उद्योगधन्दामा लागनीको सिर्जना, पुजीँ एवम् पर्यटन विकाससहित मुलुकलाई समृद्ध बनाउने महाअभियान हो ।

यी कुरालाई लागू गर्नका निम्ति कांग्रेसले अब आउने चुनावमा बहुमत ल्याउला ?

अहिलेको संविधान अनुसार, समानुपातिक लगायतका व्यवस्थका कारण अहिले दुई तिहाई नै हो भन्न सकिने अवस्था छैन । तर, स्पष्ट बहुमत चाहिँ आउँछ ।

बाग्मती प्रदेश सभापतिका रुपमा यहाँको अर्जुन दृष्टिहरु के–के हुन् ?

पहिलो कुरा भनेको यहाँको भुगोल, जनसंख्या, ११० सिटको प्रदेश सभा र ३३ सिटको प्रतिनिधि सभाको प्रतिनिधित्व गर्नै भएकले हामी बाग्मती प्रदेशलाई सबल, समृद्ध र समानताको दृष्टिकोणले देशको लिड प्रदेशको रुपमा अगाडि बढाउँछौ ।

६० लाख हाराहारीमा जनसंख्या रहेको यस प्रदेश र देशको सबैभन्दा ठुलो राजस्वको आयस्रोत रहेको यो प्रदेशलाई समृद्ध र नेतृत्वदायी प्रदेशको रुपमा यहाँका गरिब, किसान, मजदुर र उद्योगपतिहरुलाई प्रशस्त लगानीको अवसर दिदैँ पुँजीको विकास गर्ने बेरोजगारीलाई प्रशस्त रोजगार दिएर पहुँच नभएकामा निःशुल्क स्वासथ्य एवम् शिक्षाको अवसर सिर्जना गरी रसुवादेखि सिन्धुलीसम्म र प्रदेशको दोलखादेखि रामेछापसम्मका भुभागमा बाटोको विकास गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै सुन्दर एवम् मोहित स्थलको रुपमा विकास गर्नेछौ ।

देशको राजधानीमा रहेको यस प्रदेश भएकाले यसलाई सबैले नियालिरहेको हुन्छ । त्यसै कुरालाई मनन गर्दै यसलाई थप सबैको आर्कषणको केन्द्र बनाउने रुपमा लागि पर्नेछौ । ताकि देशले प्रदेशसंगै प्रदेश बनाउनेलाई समेत नियालोस् ।

महाधिवेशनको यस संघारमा के भन्न चाहनुहुन्छ?

सबैलाई नेपाली कांग्रेस एकताको सबैको मतको र फरक पार्टीलाई पनि सहकार्य र सहमति गरेर मुलुक चलाएको पार्टी भन्ने थाहा नै छ । तसर्थ अधिकतम् सहमतिमा नेपाली कांग्रेसको नेतृत्व टुङग्याउँदै लोकतान्त्रिक अभ्यासमा अगाडि बढ्नुपर्छ । कांग्रेस अधिवशनभित्र गुट-उपगुट रहेका हुन्छन् । गुट–उपगुटको निर्वाचन पार्टीको महाधिवशेनपछि सबै एकजुट भएर आम निर्वाचनलाई अर्जुन दृष्टि लगाएर अगाडि बढ्नुपर्छ ।

यसभित्र हुने हारजितलाई र परिणामको चिन्ताको विषयवस्तुलाई पर राखेर सामान्य आन्तरिक प्रतिस्पर्धाको रुपमा लिई महाधिवेशन हाम्रो उत्सव हो यसलाई सशक्त कांग्रेस निर्माणको अभिभारा लिएर पार्टीलाई बलियो र रुख चिन्ह झन्डालाई गाउँगाउँमा फहराउन पीडा बोध नगरी आ-आफ्नो स्थानमा फर्किएर राम्रो सन्दशेका साथ अघि बढ्नु पर्छ । त्यो बाटोमा हामी सबै लाग्नुपर्छ र लाग्ने काममा हामी अगाडि बढ्छौ ।