काठमाण्डौं-आगामी वर्ष रूसमा हुने विश्वकप फुटबलको तयारी स्वरुप भएको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा विश्वकप आयोजक रुसले स्पेनलाई बराबरीमा रोकेको छ ।


ADVERTISEMENT


५१ औं मिनेटमा रुसका एलेक्सी मिरानचुकले गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो। ५३ औं मिनेटमा रामोसले फेरि पेनाल्टी मार्फत गोल गर्दै स्पेनलाई ३–२ को अग्रता दिलाए। ७० औं मिनेटमा स्मोलोभले रुसका लागि बराबरी गोल फर्काएपछि खेल ३-३ को बराबरीमा सकियो ।


ADVERTISEMENT

# # #


मंगलबार राति भएको मैत्रिपूर्ण खेलमा रुसले स्पेनलाई ३–३ को बराबरीमा रोकेको हो । खेलको नवौं मिनेटमा जोर्डी अल्बाले गरेको गोलबाट स्पेनले सुरुवाति अग्रता लिएको थियो । यस्तै ३५ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै सर्जियो रामोसले अग्रता दोब्बर पारे । ४१ औं मिनेटमा घरेलु टोली रुसका लागि फ्योदोर स्मोलोभले एक गोल फर्काए ।