काठमाडौं –   कण्डमलाई एचआइभी एड्सको अलावा यौन संक्रमणबाट  बचाउन पनि प्रयोग गरिन्छ । यो एक भरपर्दो यौन सम्बन्धको साधन हो । सुरक्षित यौन सम्बन्धको लागि जहिल्यै कण्डमको प्रयोग गर्ने सल्लाह दिइँदै आएको छ ।  योसँग केही महत्वपूर्ण कुरा जोडिएको छ, जसको बारेमा शायद तपाईंलाई थाहा छैन । आउनुहोस् ती कुरा के हुन थाहा पाऔं ।


ADVERTISEMENT


तपाईंलाई थाहा छ ? संसारमा केबल ५ प्रतिशत पुरुष मात्रै कण्डमको प्रयोग गर्छन् । धेरै कण्डमहरु लेटेक्सबाट बनेका हुन्छन् । तर कसैलाई लेटेक्सबाट एलर्जी छ भने उनीहरुको लागि नन लेटेक्स कण्डम पनि पाइन्छ । यो पोलीयूरीथेनबाट बनेको हुन्छ ।


ADVERTISEMENT

# # #


केही कण्डम पोलीआइसोप्रीनबाट पनि बन्छन् । यसको अलावा लेंब स्किन (भेडाको बच्चाको छाला) बाट पनि कण्डम बनाइन्छ ।
कयौँ मानिसहरु यौन सम्बन्धको समयमा कण्डम प्रयोग गरेर दुइगसणा मज्जा मिल्ने बताउँछन् । यस्तो त कदापी हुन सक्दैन । नेशनल सेक्स स्टडीको एक सर्भेले भने जोडीद्वारा सेक्सको समयमा कण्डमको प्रयोग गर्दा उनीहरुको सन्तुष्टिमा कुनै फरक नपर्ने बताएको छ । केही समय अगाडि आएको आंकडानुसार ४० प्रतिशत कण्डम महिलाहरु खरीद गर्दछन् । अचम्ममा पर्नुभयो हैन ? तर यो सत्य हो । नवभारत टाइम्सको सहयोगमा