काठमाडौँ – नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाइने बताएका छन् ।


ADVERTISEMENT


सर्वोच्च अदालत बार एशोसिएशनले शुक्रबार काठमाडौंमा आयोजना गरेको न्यायपालिकाको सुधार सम्भावना र चूनौति विषयक छलफल कार्यक्रममा कांग्रेसका सांसद राधेश्याम अधिकारीले प्रधानन्यायधिशविरुद्ध महाअभियोग लगाउने प्रयाप्त आधार रहेको बताए । उनले भने, ‘एउटा कानुन जान्ने मान्छेले आफ्नो मुद्दाको सुनुवाई आफै गर्नु हुन्न भन्ने सिद्धान्तमा उहाँ चुक्नुभो । यसकारण उहाँमाथि महाअभियोग लाग्नुपर्छ भन्ने कुरा स्वतः सिद्ध छ ।’


ADVERTISEMENT

# # #


उनले अदालतका कुनै पनि न्यायाधीश कानुनभन्दा माथि नहुने भन्दै प्रधानन्यायाधीश जबराविरूद्ध महाअभियोग लगाउन ढिलाइ गर्न नहुने जिकिर गरे ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) का सांसद रामनारायण बिडारीले संसदको अबको बैठकमा प्रधानन्यायधिशविरुद्ध महाअभियोगका विषयमा छलफल हुने बताए । संसदमा ११ जनाको छानबिन समिति बन्ने र त्यसका निम्ति दलहरूले तयारी गरिरहेको उनको भनाई छ ।

उनले भने, ‘मंसिर २८ गते संसदको बैठक बोलाइएको छ । बिदा पनि नलिने, बिरामी पनि नक्कली हुने नैतिक हराम प्रधानन्यायाधीशलाई के गर्ने र कसरी सजाय गर्ने भन्ने कुरामा ११ जनाको समितिले अब कारबाही सुरु गर्छ ।’

त्यस्तै उनले संसदीय समितिले प्रधानन्यायाधीशलाई भविष्यमा कुनै पनि सेवा, सुविधा लिन नपाउने गरी छानविन गर्ने धारणा राखे ।