काठमाडौँ– नेपालमा अपाङ्ग (फरक क्षमता ) भएका समूहहरुको लागि उपयुक्त संरचना निर्माण गर्न विज्ञहरुले सरकारलाई एवम् सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।


ADVERTISEMENT


३० औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा कुष्ठरोग तथा अपाङ्गता व्यवस्थापन शाखाद्धारा आयोजित कार्यक्रममा विज्ञहरुले नेपालका संरचनाहरु अपाङ्गमैत्री नभएका र भएपनि ज्यादै न्युन भएकोप्रति गुनासो पोखेका हुन् ।


ADVERTISEMENT

# # #


उनीहरुले अपाङ्गता भएका व्यक्तिहरुको सहजतालाई मध्यनजर गर्दै सरकारले अपाङ्गमैत्री वातावरणको सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा एवम् कुष्ठरोग तथा अपाङ्गता व्इवस्थापन शाखाका प्रमुख डा. रविन्द्र ढकालले अपाङ्गता भएका व्यक्तिहरुलाई अरुको सहयोग खाँचो रहने र अझ यस समूहमा अन्यको तुलनामा रोगको सम्भावना उच्च रहने भएकाले उनीहरुको निमित्त दोस्रो व्यक्तिको सहयोग एवम् उचित संरचनाको अत्यन्तै आवश्यक रहनेतर्फ औल्याएका छन् । ‘अन्यको तुलनामा अपाङ्गता भएका व्यक्तिहरुलाई मधुमेहको जोखिम तीन गुणा बढी रहन्छ भने, कुष्ठरोग एवम् अन्य रोगको जोखिम दुई गुणा बढी रहन्छ । यसकारण पनि उनीहरुको हेरचाहर सुरक्षामा उचित ध्यान दिइनुपर्छ’, उनले भने ।

डा. ढकालका अनुसार, सन् २०२० को जनगणना अनुसार, नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको कुल प्रिभ्यालेन्स दर १.९४ प्रतिशत रहेको छ । जसमा सबैभन्दा बढी शारीरिक अपाङ्गता भएको समूह संख्या (३६.३ प्रतिशत) रहेको छ भने सबैभन्दा कम पूर्ण रुपमा आँखा नदेख्ने–कान नसुन्ने संख्या १.८ प्रतिशत रहेको छ । यस्तै, भर्खरै मात्र पछिल्लो पटक सन् २०२० मा प्रकाशित मल्टिपल इन्डिकेटर क्लस्टर सर्भे(एमआईसीएस) ले २ देखि १७ वर्ष उमेर समूहका बालबालिकामध्ये ११ प्रतिशतमा अपङ्गता भएको देखाएको छ ।

प्रत्येक ३ डिसेम्बरमा विश्वभर अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपाङ्गता क्षेत्रको जिम्मेवारी बहन गरेको भर्खरै पाँच वर्ष भएता पनि त्यसयता नेपालले पनि यस दिनलाई अपाङ्गतासम्बन्धि जनचेतना जगाउने कार्यक्रमहरु आयोजना गरी मनाउन थालिएको छ ।

हरेक वर्ष कुनै न कुनै मुल उद्देश्यका साथ मनाइने यस दिवस यस पटक भने, ‘लिडरसीव एन्ड पार्टिसिपेशन अफ पर्सन्स विथ डिसाबिलिटिज टुवार्ड्स इन्क्लुसिभ, एक्सेसीबल एन्ड सस्टेनेबल पोष्ट–कोभिड–१९ वल्र्ड’ भन्ने अन्तरराष्ट्रिय र नेपालमा ‘हाम्रो पव्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिको अधिकार’ भन्ने राष्ट्रिय मुल नाराका साथ मनाइएको छ ।