काठमाडौँ – राष्ट्रिपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को सिफासिमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन आह्वान गरेकी हुन् ।


ADVERTISEMENT


जस अनुसार मंसिर २८ गते दिउँसो २ बजे संसदका दुवै सदनका बैठक बस्नेछन् । यसअघि गत भदौ २३ देखि सुरु भएको संसद् अधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर अवरोध गरेपछि प्रभावकारी हुन सकेको थिएन ।


ADVERTISEMENT

# # #


राष्ट्रिपतिले उक्त अधिवेशन गत कार्तिक १२ गतेदेखि लागू हुनेगरी अन्त्य गरेकी थिइन् ।