काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि भइरहेको महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनले आफ्नो प्यानल घोषणा गरेका हुन् ।


ADVERTISEMENT


लिङदेनले अध्यक्षमा आफ्नो नाम राख्दै चार जना उपाध्यक्षम र तीन जना महामन्त्रीसहित ८ जनाको प्यानल घोषणा गरेका हुन् । लिङ्देनको प्यानलबाट महिलातर्फ उपाध्यक्षमा लीला श्रेष्ठ भिड्ने भएकी छन् भने विक्रम पाण्डे, दिलविकास राजभण्डारी र रामचन्द्र राय उपाध्यक्षका खुलातर्फका प्रत्यासी हुने छन् ।


ADVERTISEMENT

# # #


यस्तै महामन्त्रीमा लिङ्देनले महिलातर्फ अभिनेत्री रेखा थापालाई अघि सारेका छन् भने खुलातर्फ डा. धवल शम्शेर राणा, श्याम तिमिल्सिना महामन्त्रीका उम्मेदवार रहनेछन् । केही वर्षपहिले माओवादी निकट मानिने अभिनेत्री थापा पछिल्लो समय राप्रपाको राजनीतिमा सक्रिय रहँदै आएकी छन् ।

मंगलबार उद्घाटन भएको राप्रपाको आज बन्दसत्र भइरहेको छ भने नेतृत्व चयनका लागि निर्वाचन हुने कार्यतालिका रहेको छ ।

राप्रपाको आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष कमल थापा र लिङ्देन भिड्ने भएका छन् । थापाले पनि आफ्नो टिम बनाएका छन् ।