काठमाडौँ – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले मुलुकमा राजनीतिक स्थायित्व नभए आर्थिक समृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको रक्षा हुन नसक्ने बताएका छन् ।


ADVERTISEMENT


काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको आठौं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पोखरेलले अहिलेको मुलुकको आवश्यक राजनीतिक स्थायित्व भएको भन्दै यसले मात्र मुलकको विकास र स्वतन्त्रताको रक्षा गर्न सकिने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले देश बनाउने सपनालाई अघि बढाउनका लागि राजनीतिक स्थायित्व रहेको र यसलाई कमजोर पार्न नहुने जिकिर गरे । पोखरेलले जनप्रतिनिधिले जनतालाई सेवा दिने कुरामा पनि ध्यान केन्द्रीत गर्दै जनतासंग गरिएका प्रतिवद्धतालाई व्यहारमा लागू गर्नुपर्ने धारणा राखे ।

सवै दलले जनताको जीवनसंग गासिएका बिषयलाई आफ्नो कार्यक्रम बनाउनुपर्ने उनको भनाई छ । कार्यक्रममा ज्येष्ठ नागरिकका साथै नगरपालीकाका कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।