काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को जारी एकता महाधिवेशनअन्तर्गत बन्दसत्रमा अध्यक्ष पशुपतिशम्शेर जबराको सामाजिक प्रतिवेदनमा छलफल शुरु भएको छ । छलफलमा देशभरबाट महाधिवेशनका लागि छनोट भएका प्रतिनिधि सहभागी छन् । यसलगत्तै अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको आर्थिक प्रतिवेदनका साथै अध्यक्ष कमल थापाको राजनीतिक प्रतिवेदनमा छलफल हुने नेता भुवन पाठकले जानकारी दिए ।


ADVERTISEMENT


महाधिवेशन प्रतिनिधिको सुझावका आधारमा आज साँझसम्म संशोधित विधान पारित तथा निर्वाचन कार्यतालिका सार्वजनिक गरिने जनाइएको छ । सोहीअनुसार उम्मेदवारको मनोनय दर्ता, नामावली प्रकाशन तथा निर्वाचन गरिने छ । नेता सुन्दर पाण्डेकाअनुसार देशभरबाट चार हजार ७०० प्रतिनिधि छनोट भएका छन् ।


ADVERTISEMENT

# # #


महाधिवेशनबाट अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित १९९ सदस्यीय नयाँ कार्य समिति निर्वाचित हुनेछ । उपाध्यक्ष र महामन्त्रीमा कम्तिमा एक महिला निर्वाचित गर्ने व्यवस्था गरिएको छ । त्यसैगरी चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनित गर्नेछ । यही मङ्सिर १५ देखि भृकुटीमण्डपमा शुरु भएको महाधिवेशन १७ गतेसम्म सञ्चालन हुने जनाइएको छ । रासस