काठमाडौँ– भोजपुर प्रदेशसभाका उम्मेद्वार एवम् नेकपा एमालेका नेता शेरधन राईलाई लक्षित गरी बम आक्रमण भयो ।


ADVERTISEMENT


भोजपुर सदरमुकामबाट ट्याम्केमैयु गाउँपालिका वडा ८ का चुनावी सभाको लागि जादै गर्दा दलगाउँ र कोटको वीचमा पिखुवा खोलमा १४/१५ जनाको समहूले गाडीमाथि बम हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।


ADVERTISEMENT

# # #


सडकको घुम्तिमा पारेर हानिएको बमको छर्रा लागेर राईका अंगरक्षक प्रहरी सहायक निरीक्षक (असई) डिल्ली देवकोटाको हातमा चोट लागेको छ । बम प्रहारपछि गाडीको अगाडीको भाग ध्वस्त भएपनि उम्मेद्वारसहित अन्य सकुशल रहेका छन् ।

उम्मेद्वार राईको सुरक्षा गर्न उनले आफ्नो ज्यानको बाजी लगाएर आर्कमणकारीमाथि १४ राउन्ड गोली प्रहार गरे । घाइते अवस्थामा नै उनले फायरिङ गरे । एउटा अंगरक्षकको हैसियतमा राईलाई बचाउनका लागि उनको भूमिका महत्वपूर्ण रह्यो । उनले सुरक्षाको धर्म राम्ररी निभाएको छन् ।  जसको परिणाम स्वरुप बम प्रहार गर्ने भागेका थिए ।

पूर्वसूचना तथा सञ्चारमन्त्री समेत रहेका राईलाई बम कसले हान्यो भन्ने खुलेको छैन । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको घटनामा संलग्नता रहेको हुनसक्ने  प्रहरीको आशंका छ ।

जिल्ला प्रहरी कार्यालयले बम प्रहारको पुष्टि गरेको छ । थप अनुसन्धान गर्न र आक्रमणकारीको खोजी गर्न टोली पठाइएको प्रहरीले बताएको छ ।