काठमाडौँ – नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनले अबको केही समयभित्र नयाँ नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधिहरुले दाबी गरेका छन् ।


ADVERTISEMENT


चितवनमा जारी महाधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत रुश्रपमा नै अबको एक घढटाभित्र चयन गर्ने नेकपा एमालेका केन्द्रीय सदस्यका दाबेदार रामकुमार बस्नेतले जिकिर गरे । उनले सहमति अन्तिम चरण पुगेको र केही जोडघट मिलाएर सर्वसम्मत रुपमा पदाधिकारीको नामावली बाहिरिने बताए ।


ADVERTISEMENT

# # #


उनले पार्टी अध्यक्ष केपी ओली लगायतका नेताहरुले अध्यक्षको दाबी गरिरहेका उपाध्यक्ष भीम रावलसँग वार्ता गरेर सकिएकाले केही बेरमा नै पदाधिकारी चयन भएर महाधिवेशन टुंगिने बताए । उनले भने, ‘आदारणीय अध्यक्ष र भीम रावलबीच वान टु वान वार्ता भएको छ । धेरै विषय बाहिर आइसकेका छैनन् र कतिपय विषयहरु मिडियामा ल्याइहाल्नुपर्ने परिस्थिति बनिसकेको छैन ।’