नवलपरासी । नवलपरासी निर्वाचन क्षेत्र न २ को चुनावी अभियानले कांग्रेस प्रबेशको लहर ल्याएको छ । सुनवल नगरपालिका १३ को कार्यक्रममा एमाले र माओबादी केन्द्रबाट सयौं नेता कार्यकर्ता कांग्रेसको कित्तामा आएका छन् ।


ADVERTISEMENT


माओवादी केन्द्र नवलपरासी ज़िल्ला सदस्य मुन्द्रीका चौधरी लगायत २ सय एमाले र माओवादी केन्द्रका नेता – कार्यकर्ता नेपाली कांग्रेसमा समाहित भएका हुन् ।


ADVERTISEMENT

# # #


उनीहरुलाई नवलपरासी क्षेत्र नम्बर २ मा प्रत्यक्ष उमेद्वार देवेन्द्रराज कंडेल, प्रदेश सभा २क का उम्मेद्वार गुणनिधि तिवारी, प्रचारप्रसार प्रमुख तथा नगर प्रमुख भरत थापा लगायतले अन्य पार्टीबाट प्रबेश गराउँदै लोकतान्त्रिक शक्तिलाई मजबुत बनाएका हुन् ।