चितवन – नेकपा (एमाले)को केन्द्रीय सदस्यमा प्रतिनिधिसभा सदस्य नविना लामाले पनि उम्मेदवारी दिने भएकी छन् । अनेरास्वीयुकी पूर्वअध्यक्ष समेत रहेकी लामाले केन्द्रीय सदस्यमा आफ्नो पनि दाबी रहेको बताएकी छन् ।


ADVERTISEMENT


लामाले विद्यार्थी राजनीतिबाट पार्टीमा दिएको योगदानको सबैले मूल्याङन गरेको विश्वास व्यक्त गर्दै महाधिवेशन प्रतिनिधिहरुको साथ पाउनेमा आशावादी भएको बताइन् । उनले पार्टी केन्द्रीय कमिटिको सदस्यका लागि योग्य भएको बताउँदै पार्टी आन्दोलनलाई साथ दिएका महिलाहरू अब केन्द्रीय कमिटीमा आउनुपर्नेमा जोड दिइन् ।


ADVERTISEMENT

# # #


‘१२ वर्षको उमेरदेखि आजसम्म पार्टीमा निरन्तर इमानदारितापूर्वक काम गरियो । पार्टीका हरेक आन्दोलन सफल बनाउन आफ्नो ठाउँबाट भूमिका खेलियो’ लामाले भनिन्, ‘म पार्टीको सदस्यका लागि योग्य छु । आवश्यकता पनि छ । हामी जतिको महिलाहरू पार्टीमा आएन भने को आउने हो रु त्यसैले सबै प्रतिनिधिहरूले मलाई माया गर्नुहुन्छ भन्ने विश्वास छ ।’

एमालेलाई बुझ्न र पार्टीको जबजलाई बोक्ने इमानदार कार्यकर्ता भएकाले पनि आफू केन्द्रीय कमिटीमा अटाउने उनी बताउँछिन् ।