भरतपुर– नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा चितवन पुगेका छन् ।


ADVERTISEMENT


नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा केहीबेरअघि मात्र हेलिकोप्टरमार्फत चितवन पुगेका हुन् ।


ADVERTISEMENT

# # #


प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार देउवा दिउँसो १२ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा अवतरण भएका थिए । केही बेरमा उनी कार्यक्रमस्थल नारायणी नदी किनारमा पुग्ने जानकारी प्राप्त भएको छ । महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरेपछि आजै उनी फर्कनेछन् । महाधिवेशनलाई सम्बोधन गर्न अन्य दलका प्रमुख एवं प्रतिनिधिसँगै विभिन्न देशबाट राजनीतिक दलका प्रतिनिधि त्यहाँ पुगेका हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टीबाट भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशबाट त्यहाँका राजनीतिक दलहरुले शुभकामना सन्देश पठाएको नेकपा एमालेले जनाएको छ । रासस