दाङ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्यूठानमा मतगणनाको क्रममा मंगलबार बेलुकी भएको झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर प्रहरीसहित ७ जना घाइते भएका छन्।


ADVERTISEMENT


गोली लागेर गम्भीर घाइते भएकाहरुलाई थप उपचारको लागि बुटवल लगिएको छ। प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले गोली नचलेको भन्दै प्रहरीको बचाउ गरेका थिए।


ADVERTISEMENT

# # #


घटनास्थलमा रहेका प्रत्यक्षदर्शीका अनुसार प्रहरीले ४ राउन्ड गोली चलाएको थियो । प्रहरीले आफैँ चलाएको गोली खुट्टामा लाग्दा प्रहरी जवान घाइते भएका छन्।

उनीसहित तरुणदल प्युठानका उपाध्यक्ष रोयल कृष्ण र बिजय रिजाललाई बुटवल रिफर गरिएको छ । अन्य घाइते कुबेर घर्ती, कमल घर्ती, खेमराज पण्डित लगायतको प्युठान जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।