काठमाडौँ– नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेड(एनआईबीएल) का ग्राहकले अब ई–सेवा मार्फत नै एनआइबिएल सहभागिता फण्ड खरिद भुक्तान गर्न सक्ने भएका छन् ।


ADVERTISEMENT


बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले आफ्नो ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दै सोमबारबाटै अब ई–सेवा मार्फत पनि एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) का इकाई खरिदको भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको हो ।


ADVERTISEMENT

# # #


यसअघि कनेक्ट आईपिएस खल्ती र बैंकको ई–बैकिंगबाट मात्रै भुक्तान गर्न मिल्ने यसको दायरालाई थप खुला बनाउँदै बैंकले सो सेवाको थालनी गरेको बताएको छ । यस्तै, एनआईबिएल एस क्यापिटल लिमिटेडले लगानीकर्ताहरुलाई बिना झन्झट खुलामुखी योजनामा लगानी गर्न सहज वातावरण बनाउन निरन्तर प्रयासरत रहेको योजना व्यवस्थापक प्रबन्धकले बताए ।