काठमाडौँ– नेपाली सेनाद्वारा चनौटे ईलाकामा निर्माणाधीन बेलिवृज आगमी पौष मसान्तसम्ममा सञ्चालनमा आउने भएको छ ।


ADVERTISEMENT


रक्षा मन्त्रालयले मंगलबार चनौटे बेलिवृज प्रगतिको सम्बन्धमा जानकारी दिदैँ पौष मसान्तसम्म जडान गरी संचालनमा ल्याइसक्ने योजना रहेको बताएको हो ।


ADVERTISEMENT

# # #


सेनाले गत असार महिनामा आएको विनाशकारी मेलम्ची बाढीका कारण सिन्धुपाल्चोक जिल्लाका , हेलम्बु गाँउपालिका–७ स्थित चनौटे(भिरखर्क जोड्ने ट्रस वृज (रातो पुल) बगाएपछि स्थानीय सहजताको निम्ति सेनाले सोहि ठाउँमा पुनः अर्काे पुल निर्माण गर्न लागेको हो ।

गत कार्तिक ४ गतेदेखि निर्माण कार्य थालिएको सो पुलको हालसम्ममा सर्भे कार्य सम्पन्न भई डिजाईन र लागत समेत तयार भइसकेको मन्त्रालयले जनाएको छ ।

हाल ग्याबियन वालको निम्ति ढुङ्गा फोर्ने, संकलन गर्ने तथा फिलिङ्ग गर्ने काम भइरहेको सो स्थानमा तत्काल आवगमनका लागि भने सेनाले गाउँपालिकाको सहकार्यमा अस्थायी ट्रयाकको निर्माण गरेको छ ।

यस्तै,  उक्त बेलिब्रिज निर्माण कार्यको क्रममा सेनाले स्थानीयवासी २५ जनालाई रोजगारीको अवसर समेत प्रदान गरेको छ ।