लमही – नेपाली कांग्रेसका युवा नेता अनुराग खड्काले पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गरेका छन् ।


ADVERTISEMENT


दाङको क्षेत्र नं १ मा मंगलबार क्षेत्रीय अधिवेशन हुँदैछ । अधिवेशनमा युवा नेता खड्काले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने जनाएका छन् । युवा नेता खड्का नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री  खुमबहादुर खड्काका छोरा हुन् ।


ADVERTISEMENT

# # #


बुबाको निधनपछि युवा नेता खड्काले कांग्रेसको सक्रिय राजनीति गर्दै आएका छन् । कांग्रेसको विभागको सदस्य समेत बनेका खड्काले आफूलाई अब पूर्णरुपमा पार्टीमा समर्पण गरेका छन् ।

दाङ कांग्रेसको अधिवेशनमा सहभागी हुन् युवा नेता खड्काकी आमा शिला गौतम खड्का पनि देउखुरी आएकी छिन् । शिला कांग्रेसको केन्द्रीय सदस्य छिन् ।

खुमबहादुर खड्काका छोरालाई सर्वसम्मत महाधिवेशन प्रतिनिधि बनाउने बहस पनि चलेको थियो । तर, देउखुरी कांग्रेसका केही नेताहरूको महत्वकांक्षाले त्यो सम्भव नभएको बताइएको छ । केन्द्रीय सदस्य योगेन्द्र चौधरीले अनुरागलाई सर्वसम्मत महाधिवेशन प्रतिनिधि बनाउन प्रस्ताव राखेका थिए । तर, अरु नेताहरूले मानेन् ।