काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्माले सुर्खेतस्थित पश्चिम कमाण्ड मुख्यालयको आज निरीक्षण भ्रमण गरेका छन् । निरीक्षणका क्रममा उनले फौज तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी इलाकामा कमाण्ड अवधारणाको समयसीमा र कार्यान्वयन योजनाका विषयमा जानकारी लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


ADVERTISEMENT


प्रदेशसँगको समन्वय तथा सामूहिक तालिम सञ्चालनको अवस्थाका विषयमा पनि जानकारी लिएपछि प्रधानसेनापति शर्माले सकल दर्जालाई सम्बोधन गरेका थिए । भ्रमणका क्रममा महारथी शर्माले कर्णाली प्रदेशका प्रदेश प्रमुख तथा मुख्यमन्त्रीसँग बेग्लाबेग्लै भेटघाट र छलफलसमेत गरे ।


ADVERTISEMENT

# # #


प्रधानसेनापति शर्माले सोमबार कालिकोटस्थित शम्शेर गुल्म, हुम्लास्थित बराहदल गुल्म र मुगुस्थित श्रीबक्स गुल्मको निरीक्षण गर्नेछन् । जुम्लास्थित सेनाको नं. २४ बाहिनी अड्डा र डोल्पास्थित रामवाण गुल्मको मङ्गलबार निरीक्षण गर्ने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ । रासस