काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवासँग दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।


ADVERTISEMENT


नेपाल भ्रमणमा आएका लुले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा द्विपक्षीय सम्बन्ध र आपसी सहयोगकाबारेमा कुराकानी भएको प्रधानमन्त्री देउवाले जनाएका छन् । । ‘हामीले लामो समयदेखिको नेपाल–अमेरिका मित्रता, सहयोग र बहुआयामिक द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा विषयमा विचार आदानप्रदान गरेका छौं,’ प्रधानमन्त्री देउवाले ट्वीट गरेका छन् ।


ADVERTISEMENT

# # #


भेटमा अमेरिकाका तर्फबाट लुसँगै नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी लयागतको सहभागिता रहेको थियो भने नेपालका तर्फबाट प्रधानमन्त्री देउवासँगै नपाली पदाधिकारी दिए ।

लु आजै नेपाल आएका थिए ।