काठमाडौं – आज हरिबोधिनी एकादशीको ब्रत पारायण गरिँदैछ । एकादशी सकिएपछि द्वादशीमा ब्रत पारायण गर्ने हिन्दुहरुको चलन छ । हरिबोधिनी एकादशीको भोलिपल्ट घरमा वर्षभरि गरिएको पूजाआजाको मनोरथ पाउन तुलसीको हवन (होम) गर्ने परम्परा रहेको छ ।


ADVERTISEMENT


आज पूजाआजा सकी नेपाली हिन्दुहरु नुहागी खाने गर्दछन् । पहाडका हिन्दुहरु नुहागीलाई नयाँ चामल खाने वा नयाँ अन्न खाने दिनका रुपमा पनि लिने गर्दछन् । यसमा विशेष गरी दही चामल खाने चलन रहेको छ ।


ADVERTISEMENT

# # #


हरिबोधिनी एकादशीमा औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी  आज कार्तिक शुक्ल एकादशी (हरिबोधिनी) एकादशी पर्व सकिएको छ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् विष्णुको विवाह दिन तुलसीको विशेष पूजा अर्चना गरिन्छ ।