काठमाडौँ– जिल्लामा क्लासिक कार एवम् बाइक र्‍याली कार्यक्रम सम्पन्न भएको छ ।


ADVERTISEMENT


नेपालमा एकदमै न्युन संख्यामा रहेको क्लासिक सवारीको र्‍याली गत शनिवार पुराना गाडीहरुलाई सहभागी गराएर सम्पन्न गरिएको हो । र्‍यालीमा विभिन्न ब्राण्डका गाडीहरु सहभागि भएका थिए ।


ADVERTISEMENT

# # #


नेपालको सन्दर्भमा क्लासिक कारहरु कर तथा पार्ट्स अभावका कारण बढिजसोले घरमै थन्काएर राख्ने गरेको आयोजक सुबोध दास श्रेष्ठको भनाई छ । उनका अनुसार, अहिले नेपालमा भिन्टेज कारहरुको संख्या चारदेखि पाँच सयको हाराहारीमा रहेको छ ।

नेपालबाट एक सय ५० वटा क्लासिक कारहरु भारत, अमेरिकादेखि युरोपसम्म पुगेको बताउँदै श्रेष्ठले कर नै क्लासिक कार जोगाउनको अहिलेको मुख्य चुनौती नै कर भएको उनले बताए ।

गाडी पुरानो हुँदैमा प्रदूषण नगर्ने भन्दै श्रेष्ठले सरकारले क्लासिक गाडीहरुका लागि सरकार उदार हुनुपर्ने जिकिर गरे। जति मेन्टेन गर्‍यो त्यति नै राम्रोसँग कुद्ने भएकाले प्रदूषण धेरै नगर्ने उनको भनाइ छ ।

व्यवसायी राजबहादुर शाहले पनि क्लासिक कारहरु संरक्षण गर्न चर्को कर बाधक भएको प्रतिक्रिया दिए। क्लासिक कार पनि हेरिटेज भएको भन्दै सरकारले पुराना गाडीहरुका लागि छुट्टै नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। क्लासिक गाडीको उपयोग पर्यटनदेखि विवाह समारोहहरुमा गर्न सकिने शाहको भनाई छ ।

त्यसैगरी, आयोजक प्रेम कार्थक जिमीले पुराना गाडीहरु घरमा थन्काए बिग्रिने भएपनि यस्ता र्‍यालीहरु आयोजना भए पुरस्कार जित्ने र मनोरञ्जन पनि हुने भएकाले सडकमा गाडी निस्किने बताए ।

पुराना गाडी निर्माण हुँदा कम्पनीहरुले नाफासँगै गुणस्तरमा पनि उत्तिकै ध्याने दिने भएपनि अहिले कम्पनीहरु नाफा केन्द्रित हुन थालेको उनको दाबी छ।

‘नयाँ गाडीहरु राम्रो भएको भए पुराना गाडी थन्किन्थे। तर, त्यसो भएन। पुराना गाडीहरु राम्रोसँग बनेका छन् । दे आर मेड बेटर,’ प्रेम कार्थकले भने।

क्लासिक गाडीहरु धेरै बिदाको दिन चल्ने भएकाले प्रदूषणको मात्रा धेरै नहुने उनको पनि भनाइ छ। यस्तै, नयाँ गाडी किन्दा निकै महँगो हुने भएपनि क्लासिक गाडीहरु दुई लाख रुपैयाँबाटै सुरु हुने उनले बताए । उनले अहिलेसम्म ६० वटा पुरानो वा थोत्रो गाडीहरु रिस्टोर गरिसकेको बताए।

आयोजकले ४२ वटा विभिन्न पुरस्कारहरु सहभागीलाई दिएका छन्। क्लासिक कार नेपालमा झण्डै सात हजार व्यक्तिहरु जोडिसकेका छन्।