काठमाण्डौं-इराक र इरानको उत्तरी सीमामा ७ दशमलव ३ म्याग्निच्यूडको शक्तिशाली भूकम्पमा गएको छ ।


ADVERTISEMENT


इराकको कुर्द शहर हलब्जा नजिकै केन्द्रविन्दु रहेको भुकम्पमा परि इरानको पश्चिमी क्षेत्रमा ६१ जना र इराकमा ४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।


ADVERTISEMENT

# # #


इरानमा ३ सय बढी घाइते भएका छन् । भूकम्प प्रभावितमध्ये अधिकांश इरानको सारपोल ए जहाव शहरका मानिसहरु रहेको बीबीसीले उल्लेख गरेको छ । त्यहाँ आसपासका ८ वटा गाउँमा क्षति पुगेको जनाइको छन् ।

भूकम्पपछि गएको पहिरोका कारण केही स्थानमा प्रभावितहरुको उद्धारमा कठिनाई भएको बताईएको छ ।

सो क्षेत्र आसपासका गाउँहरुमा बिजुली तथा दुरसञ्चार सेवा ठप्प भएका छन् । टर्की, इजरायल र कुवेतमा समेत भूकम्पको धक्का महसुश गरिएको उल्लेख गरेको छ ।