काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले जनगणनाबाट प्राप्त हुने तथ्यांक नै मुलुक विकासको निम्ति आवश्यक सुचनाको स्रोत रहेको बताएकी छन् ।


ADVERTISEMENT


हरेक १० वर्षमा सञ्चालन हुने जनगणनाको बाहृौँ श्रृङ्खला जनगणना–२०७८ को शुभारम्भ भएको अवसरमा सफलताको उनले एक भिडियो सार्वजनिक गर्दै सो मार्फत सम्पूर्ण नेपालीमा शुभकामना दिदैँ राष्ट्रपति भण्डारीले सो धारणा व्यक्त गरेकी हुन् ।


ADVERTISEMENT

# # #


आगामी मंसिर ८ गतेसम्म सञ्चालन हुने उक्त जनगणनामा प्रत्येक नेपालीको व्यक्तिगत तथा पारिवारिक विवरण संकलन गर्नका लागि केन्द्रिय तथ्यांक विभागले मुलुकभर गणकहरु परिचालन गरेको बताउँदै उनले भनेकी छन्, ‘जनगणनाबाट प्राप्त हुने तथ्यांक नै मुलुकको विकास निर्माण सम्बन्धि निति, योजना र कार्यक्रम निर्माणको लागि आवश्यक सुचनाको स्रोत हो ।’

साथै गणना तथ्यांकक नै राज्यले सञ्चालन गर्ने कल्याणकारी कार्यक्रम तथा सामाजिक सुरक्षा लगायतको सुविधाको प्रक्षेपण गर्ने सुविधाको आधार समेत रहेको बताउँदै उनले गणनामा सहि विवरण उपलब्ध गराउनुपर्नेमा जोड दिइन् ।

जनगणाको यस राष्ट्रिय अभियानलाई सफल बनाउन जनप्रतिनिधि, सामाजिक संघसंस्था एव् सम्बन्धि सबैमा आह्वान समेत गरेकी छन् ।