काठमाडौँ– मलेसियामा जारी एसीसी यू– १९ एसिया कप क्रिकेटको समूह चरणको दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन भारतमाथि नेपालले ऐतिहासिक जित दर्ता गरेको छ ।


ADVERTISEMENT


कुनै पनि तहको क्रिकेटमा नेपालले भारतमाथि जित हासिल गरेको यो पहिलो पटक हो । मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ओभरमा ८ विकेड गुमाउँदै १८५ रन बनायो । १ सय ८६ रनको लक्ष्य पाएको भारत नेपाली बलरका सामू निरीह देखियो उसले ४८.१ ओभरमा सबै विकेट गुमाउँदै १६६ रनमात्र बनाउन सक्यो ।


ADVERTISEMENT

# # #


भारतका लागि उत्कृष्ट खेलेका कप्तान हिमांशु रानाले ४६ रन बनाए ।  ३८ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरेका थिए। आदित्य ठाक्रेले १३ रन बनाए भने मनोज कर्ला ३५  र सलमान खान १ रनमा आउट भए।

अनुज रावलले १८ रन जोडे भने तनुस कोइटेन शून्य रनमा आउट भए। अभिशेक शर्माले २७ रन बनाउँदा मन्दीप सिंह शून्यमा आउट भए।

बलिङतर्फ नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले ४ तथा पवन सर्राफ र सहाब अलामले समान दुई/दुई विकेट लिए । यस्तै सन्दिप लामिछाने र कमलसिंह ऐरीले एक/एक विकेट बाँडे ।

यस अघि कप्तान ऐरीले कप्तानी पारी खेलेपछि नेपालले सम्मानजनक स्कोर बनाएको थियो । कप्तान ऐरीले २ छक्का र ६ चौकाको मद्दतमा सार्वाधिक ८८ रनको सानदार पारी खेलेका थिए । उनी ४९ औं ओभरमा क्याच आउट हुन पुगे । यस्तै ओपनर जितेन्द्र सिंहले ३६ र भीम सार्कीले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

मोहमद आसिफ शेख, पवन सर्राफ, अनिल कुमार साह, रोहित कुमार पौडेल, कमल सिंह ऐरी दोहोरो स्कोर नगर्दै आउन हुन पुगे । भारतीय कप्तान अभिशेख शर्मा र आदित्य थाक्रेले समान २ विकेट लिए ।

पहिलो जितसंगै नेपाल २ अंकका साथ समूह चरणको दोस्रो स्थानमा उक्लेको छ । समूहका उत्कृष्ट दुई टोलि सेमिफाइनल प्रवेश गर्नेछन् । भारतले अब भोलि बंगलादेशसंग खेल्दैछ ।

हिजो भएको खेलमा नेपाल बंगलादेशसंग २ विकेटले पराजित भएको थियो । समूह चरणको अन्तिम खेल नेपालले पर्सी आयोजक राष्ट्र मलेसियासंग खेल्नेछ ।

उता दुई खेल खेलेको श्रीलङ्काले शतप्रतिशत नतिजा निकाल्दै ४ अंकका साथ समूह बी को पहिलो स्थानमा छ भने पाकिस्तान दुई अंकका साथ दोस्रो स्थानमा छ । सेमिफाइनलमा समूह ए को विजेता र समूह बी को उपविजेताले १६ नोभेम्बरमा खेल्नेछन् । यस्तै समूह ए को उपविजेता र समूह बी को उपविजेताले १७ नोभेम्बरमा खेल्नेछन् ।