काठमाडौं – यस वर्षको मदन पुरस्कार लेखक भगिराज इङ्नामले पाएका छन् भने  जगदम्बाश्री सम्मान  नृत्यशास्त्री भैरवबहादुर थापाले  पाएका छन् ।


ADVERTISEMENT


मदन पुरस्कार गुठीले बुधबार विशेष समारोहबीच लेखक इङ्नामलाई ‘लिम्बूवानको ऐतिहासिक दस्ताबेज संग्रह संवत् १७१९–२०२०’ पुस्तकका लागि २०७७ सालको मदन पुरस्कार प्रदान गरेको हो ।


ADVERTISEMENT

# # #


त्यसैगरी नृत्यशास्त्री थापालाई २०७७ सालको जगदम्बा–श्री सम्मान प्रदान गरेको हो। दुवै जनालाई गुठीका अध्यक्ष कुन्द दीक्षितले सम्मान र पुरस्कार दिएर सम्मान गरे । लेखक इङ्नामको अनुसन्धानमूलक पुस्तक ‘लिम्बूवानको ऐतिहासिक दस्ताबेज संग्रह संवत् १७१९–२०२०’ का लागि पुरस्कार दिइएको हो ।

गुठी अध्यक्ष दीक्षितले इङ्नामको कृतिले नेपाल बुझ्ने फरक सामग्री दिएको बताए । मदन पुरस्कार ग्रहण गर्दै लेखक इङ्नामले आफूले लेखेको लिम्बुवानको इतिहास अनुमोदन भएको भन्दै यसले इतिहासको खोज, अनुसन्धानमा काम गर्ने अन्य व्यक्तिलाई पनि प्रेरणा दिने बताए ।

६ दशकभन्दा बढी नेपाली नृत्यमा योगदान दिएका नृत्यशास्त्री थापाले जगदम्बाश्री ग्रहण गर्दै आफ्नो कामको मूल्याङ्कन भएकोमा खुशी लागेको बताए । नृत्य शास्त्री थापाले नेपाली नृत्य विधालाई उचाइमा पुर्‍याउनका लागि गरेको अध्ययन, अनुसन्धान र प्रयोगात्मक ज्ञान नेपालीका निम्ति अविस्मरणीय रहेको दीक्षितले बताए ।

दुवै पुरस्कारको राशि जनही ४ लाख रुपैयाँ रहेको छ । समारोहमा ऋतु संस्कृतिबारे इतिहासकार गौतमव्रज वज्राचार्यले अमेरिकाबाट भर्चुअल रूपमा विद्वत् प्रवचन प्रस्तुत गरेका थिए । प्रवचनमा नेवार संस्कृति र वैदिक साहित्यमाथि प्रकाश पारिएको थियो ।