काठमाडौँ– अज्ञात समूहद्धारा गएराति २२ वर्षीय युवकको हत्या भएको छ ।


ADVERTISEMENT


मंगलबार राति मंगलबार राति लम्कीचुहा नगरपालिका– १ का २२ वर्षीय भूपेन्द्र बडुवालको अज्ञात समूहद्धारा हत्या धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।


ADVERTISEMENT

# # #


टीकापुरस्थित होटल सिद्धार्थनजिक राति ९ बजे एक समूहले धारिलो हतियार प्रहार गरेर र बडुवालको हत्या गरेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिएका छन् ।

जानकारीका अनुसार मंगलबार बेलुका एक युवकले बडुवाललाई ‘साथीलाई अप्ठेरो परेको छ’, भन्दै राति ८ बजे घरबाट लिएर गएका थिए । टीकापुर पुगेपछि एक समूहले बडुवालमाथि रड, खुकुरी र चक्कु प्रहार गरी उनको हत्या गरेका थिए ।

युवकको हत्यापछि कैलालीको लम्की बजार अहिले तनावग्रस्त बनेको छ। स्थानीयले लम्की बजारमा पूर्व–पश्चिम राजमार्ग अवरूद्ध गरेर बुधबार बिहानैदेखि अपराधी प्रकाउको मागसहित प्रदर्शन गरिरहेका छन् ।

हाल युवकको शव टीकापुर अस्पतालमा राखिएको छ। हत्यामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ परेको प्रहरी उपरीक्षक अधिकारीको भनाई छ ।

यो पनि पढ्नुहोस् :

टीकापुरमा चक्कु प्रहारबाट एक युवकको मृत्यु