काठमाण्डौं -मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा हाल नेपालले बलियो प्रतिद्वन्द्वी भारतको सामना गरिरहेको छ । बायुमास रंगशालामा जारी खेलमा भारतले टस जितेर नेपाललाई व्याटिङको निम्ता दिएको छ ।
५० औ ओभरमा नेपाको ८ विकेट गुमेको छ र १८५ रन बनाएको छ  । एसीसी यू-१९ एसियाकपमा ८ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल रहेको समूह ए मा नेपालसहित भारत, बंगलादेश र मलेसिया रहेका छन् भने समूह बी मा श्रीलंका, अफगानिस्तान, पाकिस्तान र युएई रहेका छन्। शनिबार बंगलादेशसँग नेपाल २ विकेटले पराजित भएको थियो ।


ADVERTISEMENT