काठमाडौँ – राहदानी विभागमा पासपोर्ट बनाउनेहरुको भीड लागेको छ ।


ADVERTISEMENT


अमेरिकी डीभी चिठ्ठा खुलेपछि आइतबार पासपोर्ट बनाउनेहरूको भीड लागेको हो । आइतबार बिहानैदेखि मानिसहरूको घुइँचो लाग्न थालेपछि विभागको कार्यालयदेखि उत्तर ढोकासम्म राहदानी बनाउन आवेदन दिने मानिसहरुको भीड लागेको थियो ।


ADVERTISEMENT

# # #


बिहानदेखि लाईन बसेपनि पालो नआएको तनहुँका मोहन थापाको रहेको छ । थापाले कोरोनाको कहर अझै बाँकी रहेकाले स्वास्थ्य मापदण्डको कुनै पालना नभएको बताए ।

विभागमा दैनिक १५ सयको हाराहारीमा पासपोर्टका लागि आवेदन पर्ने गरेको भएपनि अहिले पाँच हजार नाघेको विभागले जनाएको छ । भीडभाड बढेपछि परराष्ट्र मन्त्रालयले केही कर्मचारीलाई विभागमा काजमा समेत खटाएको छ ।